११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

हनी ट्र्यापको विगविगी, दुई पक्राउ

प्रकाशित मिति :  २ श्रावण २०८१, बुधबार १६:०५


काठमाडौं । अहिले नेपालमा हनी ट्र्यापको विगविगी वढ्दो छ । सामाजिक सञ्जाको चरम दुरुपयोग गर्दै हनी ट्र्यापको विगविगी वढेको हो ।

सामाजिक सञ्जालमा साथी बन्ने साथी बनेपछि प्रेमी प्रेमिका वन्ने र माया वलियो देखाउन रणनितिक तरिकाले सारिरक सम्पर्क समेत गर्ने अनि त्यसको अश्लिन भिडियो वनाई रुपैयाँ पैसाको वार्गेनिङ गर्ने र नमिले उक्त भिडियो समाजिक सञ्जालमा छरपष्ट पार्ने भनेर धम्की दिई रकम असुल उपर गर्ने क्रम वढ्दो छ । यस्तो योजना वुनेर रकम असुल उपर गर्ने केसलाई हनी ट्र्याप भनिन्छ ।

हो यस्तै हनी ट्र्यापको घटनामा अहिले सीआईवीले सिन्धुपाल्चोकको दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

झट्ट हेर्दा फिलिमी शैलीको जस्तो देखिने उक्त घटनामा संलंन एक महिला र एक पुरुषलाई प्रक्राउ गरेको हो ।

२० वर्षिया तेन्जी डोमा छिरिङ (डोल्मा लामा भनिने सिर्जना तामाङ ) र २९ बर्षिया सौरभ तामाङ भन्ने लिला बहादुर तामाङहरुले फिलिमी शैलीमा उक्त घटना घटाई एक करोड देखि वार्गेनिङ गरेर १५ लाखमा कुरा फाइनल गरेको कुरा प्रहरीले अनुशन्धानबाट पत्ता लगाएको छ ।

सुरुमा योजनाकार लिला बहादुर तामाङको योजना अनुरुप सिर्जना तामाङ प्रयोग भएर योजना वद्ध तरीकाले घटना घटाएको अनुसन्धानबाट खुल्न आएको छ ।

 

हेर्नुहोस् प्रहरीको विज्ञप्ती

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !