२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशमा भएका प्रतिभाहरुको खोजि गरि सम्मान गर्न आवश्यक : प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  २ श्रावण २०८१, बुधबार १६:५२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, देशमा भएका प्रतिभाहरुलाई सम्मानसहित प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएकाे छ ।

बुधबार काठमाडौंमा छिन्नलता गीत पुरस्कार गुठीद्धारा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले नेपाल प्रतिभाहरुको देश भएको भन्दै उनीहरुलाई निखार्ने र प्रोत्साहन गर्ने काम छिन्नता पुरस्कार गुठीले गरेकोमा धन्यवाद दिएका छन् ।

उहाँले भन्नुभयाे, ‘कला, संस्कृति, संगीत, बाद्यबादन र गायन यी सबै कुरालाई बुझ्ने र त्यसलाई प्रोत्साहन गर्न जान्ने त्यसलाई विकास गर्न सक्ने ठाउँ नै छिन्नलता गीत पुरस्कार गुठी हो । यो प्रतिभाहरुको देश हो । यहाँका प्रतिभाहरु सम्मानीत हुनुभएको छ खुसी व्यक्त गर्न चाहन्छु ।

यस्तो प्रतिभाहरुलाई खोजि खोजि सम्मानीत गर्ने र खोजि खोजि खानिबाट हिरा निकाले झै निकालेर कटिङ गरेर चम्काएर देखाउँने काम छिन्नता पुरस्कार गुठीले गरेको छ । म धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले छिन्नलता गीत पुरस्कार गुठीलाई आगामी दिनमा पनि प्रतिभा खोजि गर्ने र सम्मान गर्ने कामको निरन्तरताको लागि शुभकामना दिएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !