११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त

प्रकाशित मिति :  २ श्रावण २०८१, बुधबार १६:५९


काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ ।

बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उहाँलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

यसअघि केपी ओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामा बडाल नियुक्त भएका थिए ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !