२८ फाल्गुन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

प्रकाशित मिति :  ३ श्रावण २०८१, बिहीबार ११:५२


खल¬ङ्गा (दार्चुला) । नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ ।

बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिङ्करनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !