१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीलाई गल्ती गर्ने छुट छैन् : विश्वप्रकाश शर्मा

प्रकाशित मिति :  ५ श्रावण २०८१, शनिबार १४:४०


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सबै तवरबाट साथ दिएपनि विगतमा गरेका गलत मुद्दाहरुलाई साथ दिन नसकिने टिप्पणी गरेका छन् ।

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांगे्रसले नदिने बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिन्छ । तर उत्तिकै खरो रुपमा प्रस्तुत पनि हुनेछौं । विश्वासको मत दिएका छौं तर उहाँले विगतमा गरेका गलत मुद्दाहरुलाई थान्को लगाउने काम हँुदैन । उहाँको नेतृत्वको सरकारले गर्ने कमजोरीमा मौन बस्न पनि मिल्दैन । दुई दल मिलेर सरकार बनाउन त मिल्छ तर संविधान संशोधन गर्नका लागि माओवादी, रास्वपा र मधेशवादी दलहरुसँग समन्व गर्न सक्नुपर्दछ । ’

नयाँ सरकार बनेको बेला कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमवौद्धिक क्षेत्रमा चिन्ता रहेको उल्लेख गर्दै भर्खरै बाहिरिएका पार्टीहरुले खरो रुपमा प्रस्तुत हुने विश्वास लिएको बताउनुभएकाे छ ।

‘नयाँ सरकार बनेको बेलामा कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमवौद्धिक क्षेत्रमा चिन्ता छ । तर, प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बनेर उत्रिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि खरो रुपमा प्रस्तुत हुनुपर्दछ,’उहाँको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !