२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुलुक चरम निराशामा छ : प्रधानमन्त्री

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १४:५५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेको बताउनुभएकाे छ ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,‘सिंगोदेश चरम निराशामा छ । ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । अघिल्लो सरकार स्टन्टबाज भयो । थुन्ने अनि सुन्ने काम भएकाले व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन । व्यवसायीहरु मरिच झैं चाउरिएका छन्,त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक वृद्धिका लागि लागेको हो ।’

साथै उहाँले १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतिशत राजस्व कम उत्पादन भएको बताउनु भयाे ।

उहाँले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको जिकिर गर्नुभयाे । यस्तै उहाँले निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताउनुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !