११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारलाई असफल हुने कुनै छुट छैन् : प्रमुख सचेतक बर्तौला

प्रकाशित मिति :  ७ श्रावण २०८१, सोमबार १४:०३


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताउनुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले, यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन् । यात्राका क्रममा विभिन्न बाधाहरु आउँन सक्छन् । तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढेने छ । सफल ढंगबाट यो अगाडि बढ्छ ।’

उहाँले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन् । त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासिले अपेक्षा राखेका छन् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !