२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार ०९:२४


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज  बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

बैठकमा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने कार्यक्रम पनि रहेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।

यसै गरी, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा सांसद प्रतिमा गौतमले डेङ्गुको प्रकोपबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !