११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १६:२३


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशको भूगोललाई सुहाउँदो प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागु गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन नसकिएमा सहर विकास गरेको कुनै औचित्य नहुने भन्दै व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग गर्नुभयाे ।

उहाँले भन्नुभयाे,‘देशको राजधानी जस्तो सहरको विकासका लागि एकदमै आवश्यक व्यवस्थित ठेगाना प्रणालीबारे बारम्बार उठाइरहेको छु । ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन सकिएन भने सहर विकास गरेको कुनै औचित्य हुँदैन् । म देशका सबै प्रमुख सहरहरुको व्यवस्थित एकै किसिमको ठेगाना प्रणाली लागु गर्न माग गर्दछु । एउटा नागरिक विरामी हुँदैगर्दा एम्बुलेन्स कहाँ पठाउने ? एक घरमा दुर्घट्ना हुँदैगर्दा दमकल कहाँ पठाउने ? न्यूनतम आवश्यकतालाई मध्यनजर गरेर यही आर्थिक विकासभित्र सरकारले भूगोल सुहाँउदो ठेगाना प्रणाली लागु गर्न माग गर्दछु ।’

उहाँले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन,गर्न दिने छैन् र कुनैपनि कालखण्डमा गरेको भ्रष्टाचारमा कडा रुपमा प्रस्तुत हुन्छु भनेर सदनमा प्रतिवद्धता जनाएको भन्दै उक्त वाक्यांस कसका लागि लक्षित गरेको भन्दै प्रश्न गर्नुभयाे ।

विगतको ३३ वर्ष राज गर्दैगर्दा, सत्ता सञ्चालन गर्दैगर्दा भ्रष्टाचारमा चुर्लुम्म को डुबेको हो ? कोप्रति लक्षित गरेर कसलाई कारबाही गर्ने भनेको भन्दै आक्रोसित भए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !