११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुटुक्क भाजपाको नेता नेपाल आउने, खुमलटारमा माधव, देव गुरुङ लगाएतको भिड

प्रकाशित मिति :  १० श्रावण २०८१, बिहीबार ११:०६


काठमाडौ । भारतीय जनतापार्टी (भाजपा) का एक नेताको नेपालमा सुटुक्क ईन्ट्री हुने भएपछि प्रचण्ड निवास खुमलटारमा माधव नेपाल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ, पम्फा भुसालको ईन्ट्री भएको छ ।

उनीहरुको ईन्ट्री भारतीय जनता पार्टी (भाजपा) का नेताको नेपाल आगनम हुने भएपछि भएको हो ।

आज विहान ८ वजेर ३१ मिनेटको समयमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो ।

त्यस्तै ८ वजेर ४० मिनेटको समयमा माओवादी नेता देव गुरुङ ,८ बजेर ४१ मिनेटको समयमा माओवादी बरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, र ८ बजेर ४८ मिनेटको समयमा नेतृ पम्फा भुसालको खुमलटारमा ईन्ट्री भएको स्रोतले राइजिङ सन खबरलाई बताएको छ ।

खुमलटारमा कसरी कसरी नेपाली राजनीतिमा तरङ्ग ल्याउने, कसरी नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको केपी शर्मा ओलीको सरकारलाई ढाल्ने भन्ने विषयमा छलफल भएको स्रोतले राईजिङ सन खबरलाई बताएको छ ।

विभिन्न विषयमा छलफल गरेर अब के गर्दा ठिक हुने र नेपालमा कसरी केपी शर्मा ओलीको सरकारलाई बदनाम गराएर ढाल्ने विषयमा रोडम्याप वनाएको र सो रोडम्याप आउदै गरेको भाजपाको नेतालाई प्रश्तुत गर्ने स्रोत ले बताएको छ ।

विभिन्न विषयमा छलफल गरेर विभिन्न विषयको खाका तयार गरेर १० बजेर ४ मिनेटको समयमा माधव कुमार नेपाल खुमलटारबाट वाहिरिएको स्रोतले बताएको छ । माधब कुमार नेपाल बाहिरिएपनि माओवादीका नेताहरु यो समाचार तयार पार्दा सम्म खुमलटारमै रहेको स्रोतले बताएको छ ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !