११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको जादूमा प्रचण्डको रवाफ, मोदीको दूत नेपाल आउने

प्रकाशित मिति :  १० श्रावण २०८१, बिहीबार ११:४१


काठमाडौं । भारतको जादूमा प्रचण्डको रवाफ नेपालमा भएको बुझिएको छ ।

भारतको आडमै उहाँले आफूसँग जादूकिय नंवर भएको र आफूलाई कसैले प्रधानमन्त्रीको कुर्सीबाट हटाउन नसक्ने समेत बताउनु भएको थियो ।

तर उहाँले भनेजस्तो नभएपछि अहिले भारतबाट एक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत नेपालमा आउँने र प्रचण्ड माधब लाई भेट्ने भएको स्रोतले बताएको छ ।

भारतबाट मोदीको आर्शिवाद सहित मोदीको दूत नेपाल आउन लाग्दा अहिले माओवादी केन्द्रका नेता तथा नेकपा एसका नेतहरुको प्रचण्ड निवास खुमलटारमा भिड लागेको छ ।

नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल भने विहान ८ः३१ मा आएर १०ः०४ मा गएको स्रोतले राइजिङसन खबरलाई बताएको छ ।

अब नेपालमा के गर्दा उथलपुथल पार्न सकिन्छ भनेर माधव प्रचण्ड लगाएतको भेटले कुरा गरेको र  भाजपाको नेतालाई के रिपोर्टीङ गर्ने भन्ने विषयमा छलफल भएको समेत स्रोतले बताएको छ ।

अहिले देसका दुई ठुला पार्टी मिल्दा जनमतको कदर भएको र अब हरेक निर्णय नेपालीको पक्षमा आउने र कुनै विदेशीले नेपालमा खेल्न नपाउने भएछि भारतबाट पुन नेपालको राजनीतिमा उथलपुथल वनाउन दूत नेपाल आएको आंकलन गरिएको छ ।

अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली त्यो प्रधानमन्त्री हो जसले भारत सँग सिधै टक्कर दिने वान टु वान वार्ता भारतमै गर्नुभएको थियो ।

केपी ओली प्रधानमन्त्री हुदाँ भारतको नेपालमा केही नचल्ने हुँदा आफूले हल्लाउन सक्ने व्यक्ति प्रचण्ड प्रधानमन्त्री भएको हेर्ने भारतको चाहान थियो । तर त्यसको ठिक विपरित भएपछि अहिले नेपालमा मोदीले दूत पठाएर फेरि कसरत गर्न लागेको बुझिएको छ ।

मोदीको दूतलाई के के रिपोर्टीङ गर्ने भनेर प्रचण्डले सबै तयार पारिसकेको कुरा बाहिर आएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !