२० फाल्गुन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोटिहोममा देवी प्रतिभाको आज अन्तिम प्रवचन

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार ११:१६


काठमाडाैं ।  श्रावण एक गतेबाट सुरु भएको ऐतिहासिक श्री पशुपति कोटीहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा अंतर्राष्ट्रीय कथा प्रवक्ता परम पूज्य देवी प्रतिमाको आज अन्तिम प्रवचन रहेको छ ।

देवी प्रतिमाले श्रावण एक गतेबाट कोटिहोममा प्रवचन दिइहरनुभएको थियो ।

उहाँको प्रवचन आज दिउसको दुई वजेबाट साझ सात वजे सम्म रहने छ ।

अभिभावनक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास,बास, कपास, स्वास्थ्य र शिक्षा प्रदा गर्दै आइरहेको मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पीडित, दुःखी गरिब र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलायृ निःशुल्क रुपमा गास, बास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्यष्ठ नगरिक आश्रम, भक्तपुरको भवनआदी निर्माण सहयोगार्थ आयोजित कोटिहोम श्रावण महिना भर पशुपतिनाथ परिसरमा लाग्नेछ ।

विभिन्न प्रख्यात वक्त रहेको कोटिहोममा प्रसिद्ध कथा वाचिका राधिका दासीको कथा प्रवचन सकिसकेको र आज देवी प्रतिभाको प्रवचन अन्तिम दिन हुने छ ।

सथै बाचतन प्रवीण पण्डित दीनवन्धु पोखरेलज्यूको श्रावण १४ गते सम्म रहने र डा. कान्ता भट्टराई र श्री राम कथा वाचिका देवी चन्द्रकला सखीज्युको २४ गते सम्म प्रवचन रहने छ ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !