२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो केन्द्र सरकारमा राज्यमन्त्रीको दाबी

प्रकाशित मिति :  १२ श्रावण २०८१, शनिबार १०:४७


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीको दाबी गरेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सो पार्टीका सांसद अरुण चौधरीलाई राज्यमन्त्री बनाउन अनुरोध गर्दै पत्र पठाउनुभएको छ । प्रतिनिधि सभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीले मन्त्री पाउने सम्भावना नभएपछि राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

सरकारमा साना दललाई कसरी समेट्ने भन्ने विषयमा कांग्रेस–एमालले निर्णय गरिसकेका छैनन् । तथापि वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !