२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन 

प्रकाशित मिति :  १२ श्रावण २०८१, शनिबार १२:१२


तुलसीपुर ।  दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित  मनिराम चौधरीले वर्षात्ले  धानबाली बगाएकामा चिन्ता व्यक्त गर्नुभयो ।   स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उहाँले गुनासो गर्नुभयो । किसानको सम्पत्ति भनेकै खेतीपाती हो, त्यही पनि भेलले बगाइदिन्छ, उहाँले भन्नुभयो, यस्तो भएमा हामीले कसरी जीवन निर्वाह गर्न सक्छौँ । प्रत्येक वर्ष यसरी खेत बगाउने समस्या भएकाले तटबन्धको व्यवस्थापन गरिदिनुपर्ने उहाँको माग छ ।
त्यस्तै समशेर अलीले पनि आफूले दुई सय भैँसीपालन गरेको भए पनि उत्पादित दूधको बजारीकरण गर्न नसकिएको गुनासो गर्नुभयो । यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग राख्नुभयो । “मैले दुई सय भैँसीपालन गरेको छु”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेको दूध बजारीकरण हुन सकेको छैन, अनि कसरी किसानलाई फाइदा हुन्छ ।” उहाँले अनुदानको व्यवस्थापन पनि हुनुपर्ने उहाँको माग थियो । किसानका लागि राज्यले उचित न्याय गर्नुपर्ने उहाँको माग छ ।
उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको राप्ति गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँले राप्ती गाउँपालिकाको सबैभन्दा बढी कृषकहरु पत्थरगढवामा रहेको जनाउँदै सोही ठाउँमा विकासका लागि पहल गरिरहेको बताउनुभयो । उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको भन्दै तटबन्ध तथा कलभर्ट निर्माणको कार्यका लागि लागि रहेको बताउनुभयो । उहाँले दूधलाई बजारीकरणका लागि पहल थाल्ने उहाँको भनाइ छ । कुलो मर्मत, तरकारी बजारीकरण, तटबन्ध निर्माणका कुरा माग भएको उहाँले बताउनुभयो । त्यति मात्रै नभई समयमा मल, बीउको उपलब्धताका विषयमा पनि कुरा उठेको अध्यक्ष विष्टको भनाइ छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !