१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

प्रकाशित मिति :  १२ श्रावण २०८१, शनिबार १८:१८


काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ आठ ग्रामसहित कैलाली गौरीगंगा नगरपालिका–२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६९४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सिघाललाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागूऔषध गाँजा ३२ ग्राम ५ सय मिलिग्राम र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–९ बस्ने २१ वर्षीय राज कुमार राजवंशी र भारत सिक्किम राज्य नाम्ची घर बताउने २७ वर्षीय सन्तोष राई रहेका छन् । मेचीपुल बिटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै भोजपुर, भोजपुर नगरपालिका–७ भोजपुर बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट र कोलिवान १६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–९ बस्ने २० वर्षीय अर्पण राई र २० वर्षीय रेन्जी शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले बा.प्र. ३ –००५ प ५३५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसै क्रममा रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१३ लाप्चे भन्ने जंगलको ओढारबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त जंगलको ओढारमा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रूकुमबाट खटिएको प्रहरीले बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै ठाउँमा आठ जना मृत अवस्थामा फेला

काठमाडौं । महोत्तरी, बर्दिबास नगरपालिका–१२ जुली बजार जाने बाटोमा गौशाला नगरपालिका घर भएका ४५ वर्षीय शोमा लाल चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । प्युठान, सरूमारानी गाउँपालिका–२ ददेरीस्थित गहनाखोलामा सोही ठाउँ बस्ने ५७ वर्षीय गुरू प्रसाद शर्मा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली,जोशीपुर गाउँपालिका–३ बस्ने ४२ वर्षीया हिरा देवी गड्सिला आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शव शंकास्पद अवस्थामा देखिएपछि आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुला, नौगाड गाउँपालिका–५ स्थित सेलाबगर खोलामा सोही गाउँपालिका–३ खार बस्ने ३५ वर्षीय मनबिर बोहरा शनिबार मृत अवस्थामा फेला परेका छन् । रोल्पा, रून्टिगढी गाउँपालिका–६ सरिचौर बस्ने ६१ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँ डुब्रिङ चोकस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका–२ बाह्रघरे चोक नजिक बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहट, गुजरा नगरपालिका–३ सिमरीस्थित लाल बकैया खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, बागमती गाउँपालिका–९ स्यालथुम वेसीस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !