पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिनु राम्रो होइनः राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे, ‘यो जहाजको जुन छानविन आयोग गठन भएको छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने कुराहरु बाहिर आएका छन् , यसलाइइ सरकारले सुनेर छाड्ने विषय होइन, त्यो सौर्य विमान पोखरा उड्नको लागि उपयुक्त थियो की थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो चाहीँ अनुसन्धानको पहिलो दायरामा आउँछन् उहाँका भिनाजुलाई चाहीँ अहिले छानविन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आएको छ यो कुन प्रकारको छानविन आयोग होला ।’
उहाँले पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको भन्दै ध्यानाकर्षण गराउनुभयाे ।