८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशको आकार हेरेर बाघको संरक्षण र वृद्धि गर्न प्रधानमन्त्रीको सुझाव

प्रकाशित मिति :  १४ श्रावण २०८१, सोमबार १९:३४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आकार प्रकार हेरेर सिमाभित्र रहेर मात्र बाघको संरक्षण र वृद्धि गर्न सकिने बताउनुभयाे ।

सोमबार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको भवनमा आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले दोव्वर गर्ने भनेको बाघको संख्या त्रिपल भएको भन्दै अब दुई पटक डबल गयौं भने मान्छेले छोडेर हिड्नुपर्ने अवस्था आउँने बताउनुभयाे ।

उहाँले भन्नुयाे, ‘हामीले हाम्रो देशको आकार प्रकार हेर्नुपर्छ । साइज कत्रो छ । कति बाघ पाल्न सक्छौं हामी । त्यसैले दोव्वर गर्ने भनेको त्रिपल भयो । अब दुई पटक डबल ग¥यौं भने मान्छेले छोडेर हिड्नुपर्ने अवस्था आउँने छ । हामीले एउटा सिमाभित्र बाघको संरक्षण गर्नुपर्छ । र बाघको वृद्धि पनि एउटा सिमाभित्र मात्र गर्नु पर्छ ।’

उहाँले बाघको सङ्ख्या धेरै भएको नेपालले छिमेकी देशहरुलाई समेत बाघ उपहार दिनसक्ने बताएका छन् । नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएकोमा भद्रको निधन भएकोमा अब त्यसको ठाउँमा अर्को उपहार दिने चाहाना व्यक्त गर्नुभाे ।

उहाँले भन्नुयाे, ‘हामी बिभिन्न देशहरुलाई बाघ उपहार दिन सक्छौं । विभिन्न देशलाई गैडा उपहार दिएका छौं । चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएका थियौं । मैले चीनका साथिहरुसँग भेट हुँदा भद्र र रुपसीको स्वास्थ्य अवस्था सोध्ने गर्थे तर दुर्भाग्य वस भद्रको निधन भयो अब त्यसको ठाउँमा अर्को उपहार दिनुपर्छ होला ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !