नेपाललाई अप्ठेरो परेको बेला हाँसीमजाकमा नउडाउन भारतीय राजदूतलाई चेतावनी
प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १६:२३
काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले नेपाललाई अप्ठेरो परेको बेला हाँसीमजाकमा नउडाउन भारतीय राजदूतलाई चेतावनी दिनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले त्रिसूलीमा हराएको बस खोज्न आएका भारतीय उद्धार टोलीलाई बस नखोज,हराएको चुम्बक खोज भनेर दिएको अभिव्यक्त कूटनीतिक आचारसंहिता विपरीतको अभिव्यक्त भएको बताउनुभयो । नेपाललाई समस्या परेको बेलामा सके सहयोग गर्न नसके पनि मजाकमा नउडाउन उहाँले आग्रह गर्नुभयो । ‘अप्ठेरो परेको बेला हामीलाई हाँसीमजाकमा नउडा’, उहाँले भन्नुभयो ।
खतिवडाले उहाँको अभिव्यक्तिको विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । मन्त्रालयले उहाँलाई त्यस विषयमा बोलाएर कुरा गर्नुपर्ने बताउनुभयो ।
0
Shares