भारत र चीनको उन्नयनबाट नेपालले लाभ लिनु पर्ने : डा. स्वर्णिम वाग्ले
काठमाडौं । प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले भारत र चीनको उन्नयनबाट नेपालले लाभ लिनु पर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै वाग्लेले नेपालका स्वाधीनता र राष्ट्रियता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट धारणा रहेको बताउनुभयो । वाग्लेले आफूलाई देशको विरोध र भारतको पक्षमा अभिव्यक्त दिएको भनि गलत आरोप लगाएको वाग्लेले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवाहरूले कुनै भ्रष्टाचार नगरेको, असक्षम साबित नभएको कारण ती आरोप लगाउन नसक्नेहरूले आफूहरू माथि अनेक खालका आरोप लगाउने गरेको वाग्लेले बताउनुभयो । आफूहरूलाई मध्यरातमा कुनै खुफियाका एजेण्डालाई बोलाएर ‘मेरो देश भक्ति मेरो दैनिकीमा झल्किन्छ’, उहाँले भन्नुभयो ।
उहाँले नयाँ शक्तिलाई झुकाउने र गलाउने प्रयत्न नगर्न चेतावनी दिनुभयो । यस विषयमा आफू घण्टौँसम्म खुल्ला मैदानमा बहस गर्न तयार रहेको उहाँले बताउनुभयो ।
राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज नेपाल यो अवस्थामा नपुग्ने उहाँले टिप्पणी गर्नुभयो । नेपाली युवाहरू विदेश गइरहेका र चरम खालको निराशा रहेको उहाँले बताउनुभयो ।