११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

साउन १५ को खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री ओली

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार २०:०२


काठमाडौं । कृषिप्रधान नेपाली संस्कृतिअनुरुप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेड घन्टा स्रष्टा—कलाकारसँग व्यतित गरेका छन् ।

मंगलबार नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमीगतकालीन एक साथीको कृति लोकार्पण पनि गरे ।

प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारहरुसँग खीर खाने कार्यक्रमहित हरेक साउन १५ गतेको भेटघाटको विगतको क्रमलाई निरन्तरता दिइएकामा खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरु ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरुमा’ (संस्मरण) को लोकार्पण गरेका थिए ।

कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उनको रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउन सक्ने बताए ।

आफूले भूमिगतकालमा कालीचरण नामबाट फुटकररुपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरु हाल सङ्कलनमा नरहेको पनि सुनाए ।

‘पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेडोँभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो ।’ उनले भने,‘कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ । शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनुपरेको थियो । आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ । अब विगतका दुःख


0
Shares

प्रतिक्रिया दिनुहोस !