१७ फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

१२ को नतिजा सार्वजनिक

प्रकाशित मिति :  १८ श्रावण २०८१, शुक्रबार ११:५३


काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । परीक्षा गत बैशाख १४ गतेबाट सञ्चालन गरिएको थियो ।

यस वर्ष १२ कक्षाको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९ सय १४ छात्रा र एक लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी थिए ।

ग्रेड वृद्धितर्फ १लाख ६ सय ५० विद्यार्थी सहभागी थिए । ७७ जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

देशभरबाट कूल ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी परीक्षामा सामेल थिए । परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !