१७ फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘रावायण’को टिजर सार्वजनिकमा पूजा शर्मा : ‘अब रोएर फिल्म चलाइदैन्’

प्रकाशित मिति :  १८ श्रावण २०८१, शुक्रबार १६:१६


काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनेको नेपाली चलचित्र ’रावायण’ को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार काडमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक गरिएको हो ।

फिल्ममा नायक पल साह,नायिका पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल लगायतको अभिनय रहेको छ।

सार्वजनिक टिजरमा अभिनेता पल शाहको एक्सनलाई मुल्य प्राथमिकताकासाथ देखाइएको छ ।

टिजर सार्वजनिक पछि सञ्चाकरर्कीहरुसँग कुराकानी गर्दै निर्देशक सुदर्शन थापाले रोमान्टिक फिल्म मात्र निर्माण गरिरहेको भएकाले रावायण आफ्नो लागि चुनौतीपूर्ण रहेको बताउनुभयाे ।

फिल्ममार्फत आफूले आफैलाई पनि केही परिवर्तन गर्ने कोशिस गरेको र चलिआएको फिल्मभन्दा फरक गर्ने कोशिस गरेको भन्दै चलचित्र दर्शकले मन पराउछन् भन्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘रावायण मेरो लागि पनि छुट्टै चुनौतीपूर्ण छ । तपाईहरुले मैले बनाएको रोमान्टिक फिल्म हेरिरहनु भएको छ, यसमा मैले आफुले आफैलाई पनि केही परिवर्तन गर्ने कोशिस गरेको छु । चलिआएको फिल्मभन्दा अलि फरक गर्ने कोशिस गरेका छौं । यो फरक चलचित्र दर्शकले मन पराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’

त्यस्तै पूजा शर्माले आफ्नो टिमले मेहनतका साथ फिल्म बनाएको भन्दै दर्शकले फिल्म मन पराएर साथ दिनेछन् भन्ने आशा राखेको बताइन् । उहाँले प्रमोद अग्रहरीले दर्शकले ‘रावायण’ बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गर्नुभयाे।

उहाँले भन्नुभयाे,‘आज हाम्रो टिमले गरेको मेहेनत टिजरबाट पनि देखिएको छ । फिल्मलाई मन पराएर साथ दिनुहुन्छ भन्ने आशा पनि छ । अब रोएर फिल्म चलाइदैन् । पल शाह छन्, म सँग छ पूरै टिम छ ।

उहाँलाई यो भन्दा पहिला हलमा रोएर फिल्म हिट बनाएको भन्ने आरोप लागेको थियो । शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन् भने फिल्म भदौ २१ गते रिलिज हुनेछ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !