२७ श्रावण २०८३, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मौसम पूर्वानुमानः केही ठाउँमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  5 August, 2024 7:36 am


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हुरी सहितको वर्षाको सम्भावना रहेको छ ।

आज देशभर केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !