भद्रकालीमा चलचित्र ‘माइली’को शुभमूहुर्त

काठमाडौं । चलचित्र ‘माइली’को शुभमूहुर्त गरिएको छ । सोमबार बिहान भद्रकाली मन्दिरमा चलचित्र माइलीको शुभमूहुर्त गरिएको हो ।
चलचित्र माइलीको कथामा महिलाहरुलाई प्राथमिकता दिइएको कलाकार प्रियंका कार्कीले बताइन् । उहाँले चलचित्रले देशको अहिलेको अवस्था जे छ त्यसलाई चत्रचित्रमा देखाइने बताइन् । उनले गाँउघरतिर महिलाहरुले भोग्नु परेका दुःखका आधारमा चलचित्र बन्न लागेको उल्लेख गरिन् ।
उहाँले भन्नुभयाे, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा ’माइली’मा देखाइनेछ’, चलचित्र माइलीमा विशेषगरी महिला पात्रहरुलाई देख्नुहुनेछ । कथा चाहीँ अहिले देशको जुन अवस्था छ र गाउँघरतिर महिलाहरुले भोग्नुपरेका समस्या चलचित्रमा देखाइने छ ।’
चलचित्र बाबुसाहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्न लागेको हो । शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाँइको संगीत रहने यस चलिचत्रमा प्रियंका कार्की, करिश्मा मानन्धरलगायत विभिन्न कलाकारहरूको अभिनय रहने छ ।