काभ्रेको धुलिखेल नगरपालिकामा खोलाले बगाएर एक महिलाको गयो ज्यान
प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १४:२८
काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ ।
धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाउँदा मंगलबार ती महिलाको ज्यान गएको हो । प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५, नैकिन्टार बस्ने ५० वर्षीया भगवती बागदासको ज्यान गएको छ । मृतकको शव ३ सय मिटर तल खोलामा फेला परेको थियो ।
वर्षाको कारण आएको लेदो र पहिरोले बीपी मार्ग पनि ठाउँठाउँमा अवरुद्ध भएको छ । रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा बीपी मार्ग हुँदै पूर्व जाने र पूर्वबाट काठमाडौं भित्रिने यातायात साधन रोकिएका छन् ।
0
Shares