२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गर्दिन र सहन्न पनि : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २२ श्रावण २०८१, मंगलवार १६:०४


काठमार्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, आफूले जिन्दगीमा कहिँल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गर्नुभएकाे छ ।

मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिँने भन्दै उहाँले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयाे,‘यस समिति समक्ष म स्पष्ट पार्न चाहन्छु । मैले पहिले पनि जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गर्दिन भ्रष्टाचार सहिन पनि मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रुपमा कुरा उठाउँनु हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाकासाथ भन्छु । यो धर्तिको अदालतमा मात्र होइन चित्रगुफ अगाडि पनि म जवाफ दिन सक्छु । मलाई धन आर्जन गर्नु छैन् । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन् ।’

उहाँले आफ्नो नजरभन्दा बाहिर कसैले भ्रष्टाचार गरेकोलाई आफूले गर्न दिएको भन्न नमिल्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !