सभापति दिपक बहादुर सिंहले गरे आँखा अस्पताललाई १० लाख सहयोग

मकवानपुर । पूर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई झण्डै १० लाख रुपैँया रकम हस्तान्तरण गरेका छन् ।
मंगलबार तिलगंगा आखा अस्पतालका संचालक र योजनाकार नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईत मार्फत विशेष कार्यक्रमका विच उनले ९ लाख ९९ हजार ९ सय ९९ रुपैँया हस्तान्तरण गरेका हुन् ।
आफुले नेपाल सरकारबाट प्राप्त गरेको एक वर्ष अवधिभरको ६ लाख १२ हजार तलबमा ३ लाख ८७ हजार रुपैँया थप गरी उनले सो रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरणपछि पुर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य सिंहले आफुलाई जनताले गरेको विश्वास र योगदानलाई सम्झिएर गरिब, दुःखी जनताको हितका लागि सहयोग गरेको बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे, ‘म जनताको कारणले माथि पुगेको हुँ । मैले जनतालाई साक्षी राखेर बोलेको कुरा पुर्याउन खोज्दैछु’
साथै आँखा अस्पतालको सहयोगमा आफु सधैं तत्पर रहने उहाँले बताउनुभएकाे छ ।
मकवानपुरको हेटौंडामा अवस्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा मकवानपुर सहित बारा,पर्सा, रौतहट र भारतबाट समेत विरामीहरु आँखाको जाँच गराउन आउने गरेका छन् । अस्पतालले निःशुल्क शिविर सञ्चालन गर्नुका साथै विरामीहरुलाई सहि र सुलभ ढङ्गले आँखाको रोगसम्बन्धी उपचार दिँदै आएको छ ।