१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट इकाई प्रमुखहरुलाई निर्देशन

प्रकाशित मिति :  7 August, 2024 10:29 am


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साउन २२ गते प्रधान कार्यालयबाट सातै प्रदेश र उपत्यकास्थित बाहिनी मुख्यालयका बाहिनीपति, शिक्षालयका समादेशक र सबै जिल्लाका गणपति तथा गुल्मपतिहरुलाई भर्चुअल माध्यमद्धारा सीमा सुरक्षा तथा विपद् उद्धारसँग सम्बन्धित समसामायिक विषयमा निर्देशन दिनुभएको छ ।

महानिरीक्षक अर्यालले सीमा नाकाबाट आवतजावत गर्ने व्यक्तिहरुको चेकजाँच गरी गैरकानुनी रुपमा हुनसक्ने प्रवेशमा रोक तथा सीमा ईलाकामा हुनेसक्ने अवैध गतिविधिहरुको सुक्ष्म रुपमा निगरानी गरी उच्च सुरक्षा सतर्कता अपनाउन सीमा क्षेत्रसँग जोडिएका बाहिनी मुख्यालय तथा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।

साथै उहाँले हाल मनसुनको समयमा हुने सक्ने विपद् जोखिम लगायतका अन्य घटनाहरुको न्यूनिकरण तथा उद्धार कार्यमा सकृय रुपमा परिचालन हुन समेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाई प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !