२३ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज कोशी प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित मिति :  २५ श्रावण २०८१, शुक्रबार १०:५४


काठमाडौं । कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दिवसको अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !