२७ श्रावण २०८३, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

होटल व्यवसायीलाई सकारात्मक रुपले हेरौं : मुख्यमन्त्री लामा

प्रकाशित मिति :  10 August, 2024 4:39 pm


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले होटल व्यवसायीलाई सकारात्मक रुपले हेर्नुपर्ने बताउनुभएकाे छ ।

आज (शनिबार) एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले काम गर्ने सबैलाई नकारात्मक रुपमा हेर्न नहुँने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘हामीले होटल व्यवसायीहरुलाई राम्रो तरीकाबाट हेर्नुपर्छ, काम गर्ने सबैलाई नकारात्मक रुपले हेर्छौं, यसलाई सकारात्मक दृश्टिकोणले हेर्नका लागि हामीले राम्रा उपायहरु गर्नुपर्छ भन्ने नै हो ।

यसमा राज्यले शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्छ, शान्ति सुरक्षा, सुशासन नभए कुनै पनि व्यवसायीहरु फस्टाउन सक्दैनन् ।’

साथै, उहाँले सबैभन्दा पहिले बागमती प्रदेश सरकारले शान्ति सुरक्षाको लागि व्यवस्थित रुपमा व्यवसायीहरुको प्रत्याभूति जोगाउने बताउनुभयाे । उहाँले होटल व्यवसायीहरुलाई प्रोत्साहित गर्न सके पर्यटनको क्षेत्रलाई अझ व्यवस्थित गर्न सक्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !