१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र भए’

प्रकाशित मिति :  २७ श्रावण २०८१, आईतवार १९:०३


काठमाडौं । सूचना तथा सञ्चार, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि विभिन्न षड्यन्त्र गरिएको बताउनुभएकाे छ ।

आइतबार काठमाडौंमा आयोजित आदिवासी जनजाति पत्रकार महासंघको रजत समारोहमा बोल्दै उहाँले जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु समुदायलाई अलगै अधिकार दिने नाममा अलग गराइएको र आन्दोलनलाई टुक्रा टुक्रा गर्न आदिवासीहरुलाई भ्रममा पार्ने खेल भएको बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे,‘आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु समुदायलाई अलगै अधिकार दिने नाममा थारु आयोग बनाइयो । त्यतिमात्र होइन आदिवासी जनजातिका नेताहरुलाई छिन्नभिन्न बनाइयो । सशक्त आदिवासी आन्दोलनलाई टुक्राटुक्रा गर्ने काममा सुनलाई पित्तल भनिदियो भ्रममा परे आदिवासीहरु । जसले आन्दोलनलाई सशक्त पा¥यो त्यसलाई गद्दार भनेर घोषित गर्ने काम भयो ।’

उहाँले आदिवासी जनजातिहरु पहिले देखिनै बहिस्कारमा र भेद्भावमा परेको समुदाय भएकाले उनीहरुले सत्ता र राजनीति नबुझ्ने बताउनुभएकाे छ ।

उहाँले आन्दोलनमा हुनेहरुभित्र संकिर्णता र सरकारमा हुनेहरुभित्र अहंकार रहेको भन्दै शोसन, दमन र उत्पीडनबाट मुक्ति हुने पहिचानको आन्दोलन धेरै कठिनपूर्ण रहेको बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे,‘आदिवासी जनजातिहरु भनेको मूलधारबाट अलगअलग भएका समुदायहरु हुन् । पहिलेदेखि नै बहिस्कारमा, भेद्भावमा परेको समुदाय हो । त्यो त्यसैले सत्ता राजनीति धेरै बुझ्दैन । उनीहरुभित्र धेरै ठूलो संकिर्णता छ । जो यस्तो खालको आन्दोलनमा हुन्छ उनीहरुभित्र संकिर्णता हुन्छ र जो सरकारमा हुन्छ उनीहरमा अहंकार हुन्छ । त्यसैले हाम्रो राजनीति यो अहंकारको विरुद्धमा र अहंकारको अन्त्यको लागि र मुत्ति प्राप्तिका लागि हाम्रो पहिचानको मुद्दा मुक्ति प्राप्तीको लागि हो । शोसन दमन उत्पीडनबाट कसरी मुक्ति हुने भन्ने हाम्रो पहिचानको हो त्यसैले धेरै कठिन छ यो । ’


0
Shares

प्रतिक्रिया दिनुहोस !