२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र बनाइने

प्रकाशित मिति :  २९ श्रावण २०८१, मंगलवार १५:१२


काठमाडौ । अब सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्दै बनाई भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाडेलले विश्व अंगदान दिवसका अबसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र बनाईने भनेर भन्नुभएको हो ।

उहाँले भन्नुभयो–,‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन् । तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।यस(केन्द्र)ले मात्र देशैभर सेवा दिन सक्दैन त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।’

उहाँले कोशीमा छिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताउनुभयो ।

सीमित जनशक्ति,पूर्वाधार र श्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र श्रोतलाई अधिक सक्रिय बनाएर जनतलाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता समेत बताउनुभयो ।
भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने समेत बताउनुभयो । ‘मैले यो कुरा स्टन्ट गर्न भनेको होइन, यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौं’ उहाँले भन्नुभयोे ।

मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवाश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
उहाँले मानव अंगदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गर्दै आफूले पनि अंगदान गर्ने घोषणा गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !