१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सैपुमा जनप्रतिनिधि र स्थानीयले श्रमदान गरेर बनाए बिग्रिएको सडक

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार ११:३३


काठमाडौं । वर्षाले सडक बिगारेर यातायात अवरुद्ध भएपछि रामेछापको लिखु तामाकोसी गाउँपालिकाका–२ का जनप्रतिनिधि स स्थानीय निरन्तर सडक मर्मतमा जुटिरहेका छन् ।

वडा भित्र अवरुद्ध सडक खुलाउन वडाध्यक्ष सन्तोष पौडेल लगायतका जनप्रतिनिधि र स्थानीय निरन्तर श्रमदानमा जुटेका छन् । साउन महिना लागेदेखि नै वडाध्यक्ष सन्तोष पौडेल लगायतका जनप्रतिनिधि र स्थानीय सामाजिक अगुवाको दैनिकी बिग्रिएको ठाउँमा सडक मर्मत गर्ने बनेको छ । वर्षाले गएको पहिरो हटाउने, गाडिले पारेको खाल्डा खुल्डि पुर्ने काममा नै उहाँहरूको दिन बित्ने गरेको छ ।

सोही क्रममा लिखु तामाकोसी–२ सैपुको दिलौरीबाट सहिदस्मृति आधारभूत विद्यालय–वडा कार्यलय हुँदै ढाँडे जाने जाने सडक  बिग्रिएपछि वडाध्यक्ष लगायतका जनप्रतिनिधि तथा स्थानीयले श्रमदान गरी मर्मत गर्नुभएको छ । बिग्रिएको सडकमा ढुङ्गा सोलिङ गरेर सहज रूपमा यातायात साधन सञ्चालन हुन सक्ने बनाइएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

 

अहिले सो वडा वडा हुँदै चल्ने सबै मुख्य सडक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । ‘अझै एक, दुई ठाउँमा अप्ठेरो छ, त्यसको लागि केही दिन श्रमदान गर्नुपर्ने छ’, पौडेलले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !