१३ फाल्गुन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

घट्याे पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रकाशित मिति :  ३१ श्रावण २०८१, बिहीबार २२:०६


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २ रुपैँया ९६ पैसा मूल्य घटेर आएपछि नेपालमा पेट्रोल प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १ सय ६२ रुपैँया ५० पैसा, दोस्रोमा १ सय ६४ रुपैँया र तेस्रोमा १ सय ६५ रुपैँया पर्ने भएको छ ।

डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १ सय ५२ रुपैँया ५० पैसा, दोस्रोमा १ सय ५४ रुपैँया र तेस्रोमा १ सय ५५ रुपैँया पर्ने भएको छ ।

घटेको मूल्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !