२७ श्रावण २०८३, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाँच विषयको परीक्षा दिएर ११ विषयमा उत्तीर्ण भएपछि त्रिविमा विद्याथीर्को आन्दोलन

प्रकाशित मिति :  16 August, 2024 11:24 am


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको गम्भीर लापरवाहीप्रति आक्रोशित विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा रचनात्मक आन्दोलन गरेका छन् ।

उत्तीर्ण भएर पनि समयमै ट्रान्सक्रिप्ट नपाउँदा विद्यार्थीले रचनात्मक आन्दोलन सुरु गरेका हुन् ।

‘एक विद्यार्थीले पाँच विषयको परीक्षा दिए पनि ११ विषयमा उत्तीर्ण भएका छन् । विद्यार्थीले समस्या समाधानका लागि पहल थालेको सात महिना भइसक्यो तर केही समाधान हुन सकेको छैन । प्रशासनले विद्यार्थीको सम्पूर्ण भविष्य नै खतरामा पारेको छ । उनको समस्या अझै समाधान भएको छैन, आन्दोलनरत एक विद्यार्थीले राइजिङ सन खबरलाई भने।

हाल त्रिविले ट्रान्सक्रिप्ट, माइग्रेसनको प्रमाण पत्र दिन एक महिनाभन्दा बढी समय लगाईरहेको छ ।

एकै दिनमा गर्न सकिने अधिकांश काम पनि विश्वविद्यालयले पूरा महिनौ महिना समय लगाउने गरेको छ ।

देशभरका धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले समयमै नतिजा प्रकाशन गर्न नसक्दा पनि विद्यार्थीलाई ठूलो समस्या परेको छ ।

आन्दोलनमा उत्रिएका एक विद्यार्थीले विश्वविद्यालयले सबै विद्यार्थीको भविष्यलाई खलल पु¥याएको भन्दै सुधारको लागि आन्दोलन गरेको बताएका छन् ।

उनीहरुले परीक्षा नियन्त्रकको कार्यालयको प्रशासनमा रातभर धर्ना दिएर विरोध प्रदर्शन गरेका हुन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !