हिजो भएको ट्रक र स्कुटर दुर्घटनामा ज्यान गुमाउने महीला नभएर पुरुष भएका खुलासा
प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ११:४२
काठमाडैँ । भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महीला नभएर पुरुष भएको प्रहरीले जानकारी दिएको छ ।
हिजो भएको उक्त दुर्घटना परी ज्यान गुमाउनेको उमेर मरिब ४० ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएरपी राजन कार्कीले जानकारी दिनुभयो ।
स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने अनुमान छ, तर सनाखत हुन सकेको छैन् ।
उक्त दुर्घटना भए पछि त्यहाँका स्थानिय र प्रहरी बिच झडब पनि भएको थियो ।
स्थानिय र प्रहरीले मृतक महिला र रहेको भनि नाम समेत प्रहरीले सार्वजनीक गरेका थिए तर उक्त नाम सार्वजनीक गरेको महीला नै प्रहरीको सम्पर्कमा पुगेकी थिइन ।
0
Shares