२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेका छ – प्रधानमन्त्री

प्रकाशित मिति :  ६ भाद्र २०८१, बिहीबार १६:४१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरालाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताउनुभएको छ ।

उहाँले आजको प्रतिनिधि सभाको बैठकमा संसदको प्रश्नोत्तरमा सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले छोटो अवधिमा पनि सकारात्मक परिणाम देखापर्न थालेको बताउनुभयो । अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउन गम्भीर भएर काम गर्ने उहाँले बताउनुभयो ।

शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दतचित्त भएर लागेको पनि बताउनुभयो ।
नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेका दल अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रहसमेत गर्नुभयो ।

भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शून्य सहनशीलताका साथ अघि बढ्ने उहाँले बताउनुभयो ।

ओलीले भ्रष्टाचारसम्बन्धी बिषयलाई प्रचारबाजीको रुपमा नभई तथ्यका आधारमा निर्मूल पार्ने जिकिर समेत गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !