२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतसँगको सम्बन्ध थप बलियो भयो – परराष्ट्रमन्त्री राणा

प्रकाशित मिति :  ६ भाद्र २०८१, बिहीबार १७:२५


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता हुनुभएको छ । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्कनुभएकि मन्त्री राणा आज फर्कनु भएको हो ।

स्वदेश फर्कनु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भएको बताउनुभएको छ ।

उहाँले भारतका विदेशमन्त्री डा.एस जयशंकरबीचको द्विपक्षीय भेटघाटमा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यिय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको बताउनुभयो ।

उहाँले यसका अलावा द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट दुवै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा सहमति भएको बताउनुभयो ।

उहाँले भ्रमणको अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारतका विदेशमन्त्री एवं भारत सरकार र सम्बन्धित पदाधिकारीहरूप्रति धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !