२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै सशस्त्र बलका एसपी विरुद्ध मुद्धा

प्रकाशित मिति :  ७ भाद्र २०८१, शुक्रबार १७:२८


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै सशस्त्र बलका एसपी विरसिंह शाहू विरुद्ध मुद्धा दयर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न. ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीका तत्कालीन एसपी शाहूविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

एसपी माथि सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप अख्तिियारले लगाएको छ ।
प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक प्रमाणपत्रमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियारले उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद सजाय र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ ।

शाहूले २०५९ चैत ७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा.राममनोहर लोहिया अबध विश्वविद्यालय फैजाबादबाट जारी भएको प्रमाणपत्र भनेर पेश गरेको अख्तियारले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !