२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी ओलीको चाहना महिला प्रधानमन्त्री

प्रकाशित मिति :  ८ भाद्र २०८१, शनिबार १६:५९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा देशमा महिला प्रधानमन्त्री बनाउने चाहना रहेको बताउनुभएको छ ।

युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उहाँले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको र अब महिला प्रधानमन्त्री पनि बनाउने आफ्नो चाहना रहेको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै उहाँले सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने कुरामा पनि आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘ तुरुन्तै बनईहाल्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारीबारेमा सोचिराखेको छु ।’

 


0
Shares

प्रतिक्रिया दिनुहोस !