१० फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

करीव ५९ लाख म७३घढसल्यको सामान बरामद

प्रकाशित मिति :  १८ भाद्र २०८१, मंगलवार १३:०२


काठमाडाै‌। कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट भाद्र १६ गते सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो ।

बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाईल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन् ।

बरामद सामान आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !