डेंगु संक्रमणबाट चितवनमा थप एक जनाको ज्यान गयाे
प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १५:४५
काठमाडाैं । डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको ज्यान गएकाे छ ।
ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका-२० चनौलीका ४१ वर्षीय पुरुष रहेका जनस्वास्थ्य कार्यालय चितवनले जनाएकाे छ । भरतपुर अस्पतालमा शुक्रबार भर्ना भएका ती पुरुषकाे मंगलबार उपचारका क्रममा ज्यान गएकाे हाे ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ३ हजार ३ सय ३१ जनाकाे स्वास्थ्य परीक्षण गर्दा ७ सय ८८ जनामा डेंगुकाे संक्रमण देखिएकाे कार्यालयले जनाएकाे छ ।
यसअघि गत शनिबार भरतपुर महानगरपालिका-२ का ६३ वर्षीय पुरुषकाे डेंगुकाे संक्रमणबाट ज्यान गएकाे थियाे ।
0
Shares