१ फाल्गुन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ काठमाडौंमा सुरु

प्रकाशित मिति :  २२ भाद्र २०८१, शनिबार १२:५४


काठमाडौं ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक गतिविधिहरुले मानव सबैलाई जोडेको बताउनुभएकाे छ ।

शनिबार‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ तेस्रो संस्करणको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले सांस्कृतिक अन्तरक्रियाले संसारलाई जोडेर बाँधेको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,‘यो सांस्कृतिक अन्तरक्रियाहरुले सांस्कृतिक सम्मेलनको गतिविधिले मानव मानवमा जोडिने अथवा सारा संसारलाई जोडेको हुन्छ । यस्ता सांस्कृतिक सम्मेलनहरुको माध्यमबाट दक्षिण एशीयाली देशहरुलाई जोडिरहेका हुन्छौं ।’

साथै उहाँले राज्यको  उत्पत्तीले देशभित्र रहेका अन्य सांस्कृतिक समूदायलाई दबावमा राखेको बताए । उनले दबावमा रहेका सांस्कृतिक समूदायलाई हामी सबैले एक आपसमा जोडेर सभ्य समाज बनाउनुपर्ने बताउनुभयाे ।

महोत्सवको तेस्रो संस्करण शनिबारदेखि सुरू भएको हो । ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, प्रज्ञा प्रतिष्ठानका  राई, लेखक भुवन ढुंगाना लगायतले गरेका छन् ।

महोत्सवमा तीनसय बढी लेखकहरुको सहभागिता रहने जनाइएको छ । महोत्सवमा तीनवटा हलमा ६० बढी सत्रहरु चल्ने जनाइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !