जाजरकोटको पहिरोले घर पुर्यो
प्रकाशित मिति : 8 September, 2024 11:16 am
काठमाडाैं । जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा मानबहादुर चलाउनेको घर पहिरोले पुरेको छ ।
शनिबार राति आएकाे पहिराेले मानबहादुरकाे घर पुरेकाे हाे । पहिरोले घर पुरिँदा मानबहादुर र उहाँकी श्रीमती मायादेवी चलाउन बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।
चलाउनेकी छोरीको घाइते अवस्थामा उद्धार गरिएको छ । उनकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
0
Shares












