२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बालबालिका ब्रह्माण्डका सबथोक हुन् : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २९ भाद्र २०८१, शनिबार १२:५०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि बालबालिकाले न्याय र वात्सल्य पाउन नसकेको बताउनुभएको छ ।

६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अहिले पनि कतिपय बालबालिका कुपोषणको सिकार र स्कुल जानबाट  वञ्चित भएको बताउनुभयो । यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नु पर्नेमा ओलीले जोड दिनुभयो ।

बालिकालाई विद्यालय जाने वातावरण, पोषणयुक्त खान र न्यानो नाना उपलब्ध गराउनु पर्ने उहाँले बताउनुभयो । ‘सरकाले यी अभिभारा बुझेको छ’, उहाँले भन्नुभयो ।

कतिपय बालबालिका अहिले पनि विभिन्न कारणले सडक बालबालिकाको रूपमा रहनु पर्ने बाध्यताबाट पिल्सिएका ओलीले बताउनुभयो । यस कुरालाई अन्त्य गर्न २०८१ साल भित्र बालबालिकालाई त्यस्ता परिस्थितिबाट मुक्त गर्ने निर्णय सरकारले गरेको ओलीले जानकारी गराउनुभयो ।

समाजबाट निरपेक्ष गरिबी अन्त्य नगरेसम्म बालबालिकाको अवस्था सुधार नहुने उहाँले बताउनुभयो । त्यसैले बालबालिकाको अवस्था सुधारका लागि गरिबिको रेखामुनि रहेका जनतालाई त्यसबाट माथि ल्याउनु पर्नेमा ओलीले जोड दिनुभयो । ‘बालबालिका हाम्रो भविष्य हुन, मानव जातिको भविष्य हुन्, मानव जातिको संस्कृतिका भविष्य हुन्, मानव जातिको भाषाका भविष्य हुन्, मानव जातिको ज्ञानका भविष्य हुन्, मानव जातिको ज्ञानको विकासका आधार हुन्, समग्रतामा भन्ने हो भने मानव जातिको भविष्यका आधार हुन्, केवल कर्णधार मात्र होइन, सब थोक बालबालिका हुन्, बालबालिका भएनन् भने ब्रह्माण्डको अर्थ समाप्त हुन्छ’, ओलीले भन्नुभयो ।

ओलीले बालबालिकाको उपयुक्त मानसिक र शारीरिक विकास गराउनको निम्ति सोही अनुसारको व्यवहार हुनु पर्ने बताउनुभयो । बालकका लागि आमा विद्यालय र विश्वविद्यालय भएकोले सबैभन्दा पहिलो आमाले बालबालिकालाई संस्कार सिकाउनु पर्ने बताउनुभयो । घर परिवार र सिङ्गो समाजमा बालमैत्री वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । सुबाटो, सुमति र सु आचरण बालबालिकालाई सिकाउँदै लैजानु पर्नेमा ओलीले बताउनुभयो ।

समृद्ध नेपाल बनाउन बालबालिकामा लगानी आवश्यक रहेको उहाँले बताउनुभयो । यस्तो लगानी भनेको पैसा मात्र नभए समय, संस्कार र शिक्षा पनि भएको ओलीले स्पष्ट पार्नुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !