२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

प्रकाशित मिति :  ३० भाद्र २०८१, आईतवार १७:२५


काठमाडौं । आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

माओवादी केन्द्रले संसद् अवरुद्ध गर्ने अडान नछाडेपछि अजको बैठक बस्दै नबसी स्थगित गरिएको हो । आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक भोलि दिउँसा १ बजे बस्ने गरी सारिएको छ ।

नेकपा एमालेका सांसद् योगेश भट्टराईले माओवादीको द्वन्द्वमा हिंसात्मक गतिविधि भएका भनि दिएको अभिव्यक्तिलाई लिएर त्यसलाई हटाउनु पर्ने माग राख्दै माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । सदनको अवरोध खुलाउने विषयमा आइतबार सभामुख देवराज घिमिरेले राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठक राख्नु भएको थियो । सो बैठकमा माओवादीले सो शब्द नहटाएसम्म अवरोध नहटाउने अडान लिएपछि प्रतिनिधि सभा बैठक बस्न नसकेको हो ।

भट्टराईले बोलेको शब्द गैरसंसदीय भएको भन्दै हटाउनु पर्ने माग माओवादी केन्द्रले राखेको थियो । त्यस विषयमा सरोकारवालासँग परामर्श लिँदा सो शब्द गैरसंसदीय नभएकाले हटाउनु नपर्ने रुलिङ सभामुखले जारी गर्नुभएको थियो । सो रुलिङ जारी गरेपछि माओवादीका सांसदहरूले सभामुखलाई समेत एक पक्षीय भएको आरोप लगाउँदै बैठक अवरुद्ध गरेका छन् ।

आजको बैठकमा सभामुखले आफूले संसद् सचिवालयको अध्ययनको आधारमा हिंसा शब्द असंसदीय नरहेको निर्णय सुनाएको बताउनुभएको थियो । तर सो निर्णय एकपक्षीय र माओवादी आन्दोलनलाई अपमान गर्ने भएको भन्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असहमति जनाउनुभएको थियो ।

त्यसपछि माओवादी केन्द्रको छुट्टै छलफलले एमालेका सचिव योगश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा बोल्दा व्यक्त गरेको माओवादी हिंसा भन्ने शब्द नहटाएसम्म अवरोध नखोल्ने निर्णय गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !