९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली न्युयाेर्कमा

प्रकाशित मिति :  ५ आश्विन २०८१, शनिबार ०९:१८


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका पुग्नुभएकाे छ ।

संयुक्त राष्ट्रसंघकाे महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार राति अमेरिकाकाे न्युयाेर्क पुग्नुभएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीलगायतले जोन एफ केनेडी विमानस्थलमा स्वागत गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत सहभागी हुनुहुन्छ ।

प्रधामन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित रहेकाे छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्रमा सहभागी हुनुहुनेछ । उहाँ असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

अमेरिका रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र एन्टिमाइक्रोबियल प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि उहाँले सम्बाेधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा विषयमा प्रमुख सम्बोधन गर्नुहुनेछ ।

उहाँले असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा नेपालको परिप्रेक्ष्यः संक्रमणकालीन न्यायबाट जलवायु न्याय विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेकाे पररराष्ट्र मन्त्रालयले जनाPकाे छ ।

प्रधानमन्त्री ओलीले भ्रमण क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।

चाैथाे कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री ओलीकाे याे पहिलाे विदेश भ्रमण हाे ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !