२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अर्थमन्त्री पाैडेल चीन प्रस्थान

प्रकाशित मिति :  ८ आश्विन २०८१, मंगलवार ०८:३७


काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गर्नुभएकाे छ ।

चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल सोमबार राति चीन प्रस्थान गर्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

उहाँले चीन सरकार र ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट इनोभेसन एन्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किनुहुनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !