२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली र चीनका विदेश मन्त्री वाङ बीच भेटवार्ता, नेपाल चीन विरोधी गतिविधिमा संलग्न हुदैन प्रम

प्रकाशित मिति :  ११ आश्विन २०८१, शुक्रबार ११:४३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मन्त्री वाङ विच भेट वार्ता भएको छ ।

भेटवार्ताको क्रममा वाङ यीले प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश समेत दिनुभएको छ ।

वाङ यीले चीन र नेपाल हिमाल र नदीले जोडिएको र साझा गन्तव्य रहेको र विकास र समृद्धितर्फ उन्मुख सदैव चिरस्थायी मित्रताको रणनीतिक सहयोगी साझेदारी स्थापित गरेको बताउनुभयो।

चीनले आफ्नो कूटनीतिमा नेपाललाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको छ र साझा भविष्यका साथ निकट चीन–नेपाल समुदाय निर्माण गर्न प्रतिबद्ध छ भनेर समेत बताउनु भएको छ ।

वाङ यीले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि सधैं झैं सहयोग गर्ने र नेपालकाे विकासकाे  लागि चीन सधै तत्पर रहेकाे बताउनुभयाे  ।

भेटवार्ताको क्रममा नेपाल र चीन हिमाल र नदीले जोडिएका, समान संस्कृति भएका र मित्रवत आदानप्रदानको लामो इतिहास रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

नेपाल सरकार, सबै राजनीतिक दल र जनता सबैले नेपाल–चीन मित्रतालाई समर्थन गर्दै, एक चीन नीतिप्रति दृढतापूर्वक अडिग छन् र कसैलाई वा कुनै शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन दिदैनौ भन्दै प्रधानमन्त्रीले चीनसँगको सहकार्यलाई सुदृढ गर्न, नेपाल र चीनबीच साझा भविष्य भएको समुदाय निर्माण गर्न र विकास र समृद्धि साझा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !