७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो

प्रकाशित मिति :  १२ आश्विन २०८१, शनिबार १५:४७


Manish Paudel

काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।  काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ । ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयको भनाइ छ ।  भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ ।  उद्धारका लागि ४ हजार ५१० जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !